बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार चिया दिवसको अवसरमा इलाममा भएको ‘टी टेस्टिङ’ प्रतियोगितामा जिल्लाको ताराखोला गाउँपालिका–१ शिरूवारीस्थित गोल्डेन टि ईस्टेट प्रा.लि.का दुई प्रकारका चियाले प्रथम स्थान हासिल गरेका छन् ।
राष्ट्रिय चियाँ तथा कफी विकास वोर्डले आयोजना गरेको प्रतियोगितामा जम्मा चार क्याटागोरीमा सम्पन्न स्वाद परीक्षण प्रतियोगितामा उक्त उद्योगले दुई क्याटागोरीमा बाजी मारेको हो । नेपालमा ४५ कम्पनीका चियाँले प्रतिस्पर्धामा भाग लिएका थिए । ग्रिनिस अर्थोडक्स, गोल्डेन टि, ह्वाइट टि र ग्रिन टि क्याटागोरीमध्ये ग्रिनिस अर्थोडक्स र गोल्डेन टि प्रथम भएको चियाकफी विकास वोर्डपोखराका नगेन्द्र सुबेदीले जानकार िदिनुभयो ।
कम्पनीका सञ्चालक गोपाल श्रीसले ता राखोलाको चियाँ उत्कृष्ट बन्नु गौरवको विषय भएको बताउनु भएको छ । उहाँले ताराखोलामा करिव १ सय रोपनी क्षेत्रफमा चिया खेती गर्दै आएको जानकारी दिनुभयो ।
समुद्री सतहबाट करिब दुई हजार दुई सय देखि दुई हजार चार सय मिटर उचाइमा फैलिएको चिया बगानमा उत्पादित यी चियाले उच्च गुणस्तर र विशिष्ट स्वादका कारण उत्कृष्टता हासिल गरेको सुबेदीले बताउनु भयो ।