• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

गणेश माविको नयाँ प्रधानाध्यापकमा प्रकाश चालिसे नियुक्त

बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा अवस्थित गणेश माध्यमिक विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गरिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शिक्षक प्रकाश चालिसेलाई प्रधानाध्यापक पदमा जिम्मेवारी दिइएको हो ।

स्थानीय स्तरमा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्दै आएको यस विद्यालयमा कक्षा १ देखि १२ कक्ष सम्म अध्ययन अध्यापन हुँदै आएको छ । पछिल्लो समय सामुदायीक विद्यालयको विद्यार्थी संख्यामा कमी आएको सन्दर्भमा उक्त विद्यालयमा भने पर्याप्त विद्यार्थी रहेका छन् ।

नवनियुक्त प्रधानाध्यापक चालिसेलाई विद्यालय परिवार, अभिभावक तथा स्थानीयवासीले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

यसअघि २०७८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका एकनाथ रिजालले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी व्यक्तिगत कारणले पदबाट अलग हुनु भएको छ ।
नयाँ नेतृत्वसँगै विद्यालयको शैक्षिक स्तर अझ मजबुत बन्ने अपेक्षा विद्यालय परिवारले लिएको छ ।