• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी : धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी क्षमताको ‘म्याग्दी कोरिडोर’ प्रसारण लाइन निर्माण थालिएको छ ।

धवलागिरि गाउँपालिका–४ जेल्तुङदेखि मालिका गाउँपालिका–७ स्थित डाँडाखेत सबस्टेसनसम्म १६।४८ किलोमिटर लामो ‘डबल’ र ‘मल्टी’ सर्किट प्रसारण लाइन निर्माण गर्न लागिएको हो । यस कोरिडोरमार्फत कुल १६४।७५ मेगावाट विद्युत् केन्द्रीय ग्रीडमा जोडिनेछ ।

माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाका प्रवद्र्धक पूर्णबहादुर पुनका अनुसार म्याग्दीखोला ९६५ मेगावाट, माथिल्लो म्याग्दी ९४६.२५ मेगावाट० र अपर म्याग्दी ९५३.५ मेगावाट जलविद्युत् आयोजनाले साझेदारीमा यो प्रसारण लाइन बनाउन लागेका हुन् । आयोजनाअन्तर्गत ५७ वटा टावर निर्माण गरिनेछ ।

कुल ४२ करोड ६२ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाका लागि ८.४० हेक्टर निजी र २१.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग हुनेछ । आयोजनाले टावर रहने निजी जग्गा खरिद गर्ने र प्रसारण लाइनको क्षेत्राधिकार (राइट अफ वे) मा पर्ने जग्गाधनीलाई क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ ।

म्याग्दीखोला जलविद्युत् आयोजनाका प्रमुख उत्तम पौडेलले वातावरणीय परीक्षण प्रतिवेदन पारित भएसँगै काम अघि बढेको र ८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । आयोजनाले वातावरणीय प्रभाव न्यूनीकरणका लागि ४१ लाख ७५ हजार र सामाजिक सहयोगका लागि २१ लाख ३१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रसारण लाइनको अभावमा निर्माणाधीन आयोजनाको विद्युत् खेर जान नदिन प्रवद्र्धकहरू आफैँ सक्रिय भएर यो कोरिडोर निर्माणमा जुटेका हुन् ।