• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

रास्वपा बागलुङको जिल्ला अधिवेशन : २४ गते गलकोटमा हुने

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले आगामी जेठ २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ । शुक्रवार सदरमुकाम बागलुङ बजारमा बसेको जिल्ला सचिवालय समितिको बैठकले पार्टीको अधिवेशन गलकोटमा आयोजना गर्ने निर्णय गरेको हो ।

सचिवालय संयोजक खिमानन्द पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीले जिल्ला भरका ६९ वटा वडा तथा ८ वटा पालिकामा अधिवेशन सम्पन्न गर्दै संगठन विस्तार र सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ । सोहीअनुसार पालिका तहका अधिवेशनहरू निर्धारित मितिअनुसार सञ्चालन संयोजक पौडेलले जानकारी दिनुभयो ।
पालिका अधिवेशनको तालिका अनुसार बागलुङ नगरपालिकामा जेठ १० गते, जैमिनी नगरपालिकामा ११ गते, काठेखोला गाउँपालिकामा १२ गते तथा बडिगाड गाउँपालिकामा १३ गते अधिवेशन हुने तय गरिएको छ ।

त्यसैगरी ढोरपाटन नगरपालिकामा जेठ १४ गते, निसीखोला गाउँपालिकामा १५ गते, तमानखोला गाउँपालिकामा १६ गते र गलकोट नगरपालिका मा जेठ १७ गते अधिवेशन आयोजना गरिने बैठकले निर्णय गरेको संयोजक पौडेलले जानकारी दिनुभयो । साथै ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा संगठन विस्तार तथा आवश्यक तयारी पूरा भएपछि अधिवेशनको मिति सार्वजनिक गरिने संयोजक पौडेलको भनाई छ ।

हालसम्म रास्वपा बागलुङको चार हजार दुई सय भन्दा बढी सदस्यता रहेको संयोजक पौडेलले जानकारी दिनुभयो । सचिवालय संयोजक पौडेलका अनुसार जिल्लाका सबैपालिकाका प्रतिनिधिलाई सहज बनाउने उदेश्य सहित सदरमुकाम बाहिरा गलकोटमा अधिवेशन गर्न लागिएको जानकारी दिनुभयो ।