• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

मुस्ताङमा चीनबाट ल्याएको ५ सय ९० कार्टुन (इलेक्ट्रिक चुरोट) भेप बरामद

बागलुङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले तीजना व्यक्ति सहित शुक्रबार राति ५९० कार्टुन भेप र दुई वटा कन्टेनर नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेका छन् ।

ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै गरेको भेप सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।