• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बागलुङमा रास्वपा : आजदेखि पालिका अधिवेशन शुरु हुदै

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बागलुङले जिल्ला अधिवेशनको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । जेठ २४ गते हुने जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा रास्वपा बागलुङले वडा अधिवेशनहरु सम्पन्न गरेको छ ।

७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएका ८ वटा पालिकाको पालिका अधिवेशन आइतवारदेखि शुरु गर्न लागिएको रास्वपाले जनाएको छ । केही वडा अधिवेशन सम्पन्न गर्न बाँकी रहेका बरेङ गाउँपालिका र ताराखोला गाउँपालिका बाहेकका ८ वटा पालिकाको अधिवेशनको मिति तय भएको छ । जेठ १० गते बागलुङ नगरपालिकाको पालिका अधिवेशन हुदैछ । बानपाका १४ वटै वडाको वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

जेठ ११ गते जैमिनी नगरपालिका, १२ गते काठेखोला गाउँपालिका, १३ गते बडिगाड गाउँपालिका, १४ गते ढोरपाटन नगरपालिका, १५ गते तमानखोला गाउँपालिका, १६ गते निसीखोला गाउँपालिका र १७ गते गलकोट नगरपालिकाको अधिवेशन गर्ने तय भएको रास्वपा गण्डकी प्रदेशका सचिवालय सदस्य खिमानन्द पौडेलले जानकारी दिनुभयो ।

बरेङ र ताराखोला गाउँपालिको अधिवेशन जिल्ला अधिवेशनपछि गरिने उहाँले बताउनुभयो । पालिका भित्रका ७० प्रतिशत वडाको अधिवेशन सम्पन्न भएका पालिकामा मात्रै पालिका अधिवेशन गरिदैछ ।  पालिका अधिवेशनसंगै जिल्ला अधिवेशनको तयारी अगाडि बढेको जनाइएको छ ।