• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

रास्वपा बागलुङ नगर अधिवेशन :अध्यक्षमा पूर्व सेनानी कार्की

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ नगरपालिकाको प्रथम अधिवेशनबाट रोशन कार्कीको नेतृत्वमा नगर कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिका संयोजक रहेका कार्कीको नेतृत्वमा रास्वपा बागलुङ नगर कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ । समितिको उपसभापतिमा जगत बहादुर खत्री, सचिवमा झपिन्द बहादुर केसी, सहसचिवमा महेन्द्र रिजाल र कोषाध्यक्षमा शिवकला थापा चयन हुनु भएको छ । समितिका सदस्यहरुमा अमृत सापकोटा, पर्वत कुँवर थापा, निशान थापा, अशोक केसी, राम बहादुर कार्की (शिव), ऋषिराम सुवेदी, पुजा परियार, सुष्मिता केसी र हिरा कार्की चयन भएको निर्वाचन समितिका संयोजक तथा रास्वपा प्रदेश सचिवालय सदस्य खिमानन्द पौडेलले जानकारी दिनुभयो ।

नगर अधिवेशनले पार्टीको आगामी असारमा हुने महाधिवेशनका लागि महेन्द्र खड्का र अभिशेक कटृुवाल क्षेत्रीलाई महाधिवेशन प्रतिनिधि, इश्वर खत्री र भरत बहादुर रोकालाई प्रदेश प्रतिनिधि चयन गरेको छ । यस्तै जिल्ला प्रतिनिधिका लागि मनोज थापा, लाल बहादुर पाठक, लक्ष्मी केसी र खिमराल सापकोटालाई चयन गरेको रास्वपाका क्षेत्रीय सभापति बालकृष्ण शर्माले जानकारी दिनुभयो । नगर अधिवेशनको उद्घाटन रास्वपा गण्डकीका सभापति तथा सांसद राजन गौतमले गर्नु भएको थियोे । कार्यक्रममा सांसद गौतम तथा बागलुङ क्षेत्र न. २ का सांसद सोम शर्माले समसामयिक राजनीति, पार्टीको प्रथम महाधिवेशन, पार्टीको संगठन निर्माण र विकास निर्माण लगायतका विषयमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष मिना आचार्य, जिल्ला अध्यक्ष महेन्द्र खड्का, उपसभाति ढालेन्द्र रायमाझी, क्षेत्र नं। १ का क्षेत्रीय सभाति बालकृष्ण शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा आयोजक समितिका संयोजक राम प्रसाद अधिकारीको अध्यक्षता, खिमलाल सापकोटाको स्वागत जिल्ला सचिव बबिन नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।

रास्वपा बागलुङले जेठ ११ गते जैमिनी नगरपालिका, १२ गते काठेखोला गाउँपालिका, १३ गते बडिगाड गाउँपालिका, १४ गते ढोरपाटन नगरपालिका, १५ गते तमानखोला गाउँपालिका, १६ गते निसीखोला गाउँपालिका र १७ गते गलकोट नगरपालिकाको अधिवेशन गर्ने तय गरेको छ । जेठ २४ गते जिल्ला अधिवेशन आयोजना गरिएको क्षेत्रीय सभापति शर्माले जानकारी दिनुभयो ।