• २०८३ मंसिर ४, बिहीबार
  • 2026 November 19, Thursday

बागलुङका बादल एथ्लेटिक्सका लागि हङकङ उडे

बागलुङ । काठेखोला गाउँपालिका वडा नं.७ रेशका खेलाडि बादल कार्की अण्डर ट्वाण्टी एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धाका लागि सोमबार हङकङ प्रस्थान गरेका छन् ।
बादल सहितका ५ खेलाडि र ३ अफिसियल सहित ८ जनाको नेपाली टोली हङकङमा २०२६ मे २८ देखि ३१ तारिक (वि.स. २०८३ जेठ १४ देखि १७ गते सम्म) हुने २२ औं यू–२० एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागीताका लागि सोमबार हङकङ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रामचरित्र मेहताले खेलाडीहरुको टोलीलाई विदाइ गरेका थिए ।