• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

रास्वपा बागलुङको प्रथम जिल्ला अधिवेशन गलकोटमा हुने

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन जेठ २३ गते गलकोट बजारमा हुने भएको छ । बागलुङको मध्यभाग गलकोट बजारमा अधिवेशन तय भएको रास्वपा बागलुङले जनाएको छ ।

बागलुङ जिल्ला कार्यसमितिले जेठ २४ गते गर्ने निर्णय गरेको थियो, रास्वपा प्रदेश कार्यसमितिको पछिल्लो वैठकले २३ गतेका लागि मिति तय गरेपछि सोही अनुसार जिल्ला अधिवेशनको तयारी शुरु भएको रास्वपा बागलुङका सभापति महेन्द्र खड्काले जानकारी दिनुभयो । केन्द्रीय समितिको सर्कुलर अनुसार जेठ २४ गते जिल्लाको रिपोर्टिङ्ग गर्ने मिति हो, हामीले २४ गते गरेर रिपोटिङ गर्न सक्छौ भनेका थियौ, जिल्ला सभापति खड्काले भन्नुभयो, तर प्रदेश समितिले २३ गतेभित्र सबै जिल्लाको अधिवेशन सक्ने गरी सर्कुलर गरेपछि २३ गतेका लागि तय गरिएको हो ।

जिल्ला अधिवेशनका संघारमा रहेको रास्वपाले बागलुङका ८५ मध्ये ७० वडा र १० पालिका मध्ये ७ पालिकाको अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्ला अधिवेशनसम्म थप वडा र पालिकाको अधिवेशनका लागि पनि तयारी भैरहेको रास्वपाले जनाएको छ ।