टेक नारायण पौडेल ‘दयालु’
बेङ्लोर भारत
उ बेला स्व. गिरिजाप्रसाद कोईरालाले म बाट आउने सबै मण्डलले हुन भन्थे (खासगरी माले–मसाले–माओवादीलाई इङकित थियो) । तर, यी सबै मण्डले थिएनन् । माले (तत्कालिन)लाई मन्डले भन्दा हामीलाई कहिल्लै रिस उठेन ! हामी सामाजिक साँस्कृतिक र सैद्धान्तिक रुपमा स्पष्ट थियौं । देशलाई सकारात्मक योगदान दिएका छौं । नेतृत्व र पार्टीका कैयौं कमजोरिहरु होलान सच्चाउन सबै तैयार छौ । माथिबाट सच्चाउने प्रयत्न भएको छ । आफ्नो कुरा सम्बन्धित स्थानमा राख्ने हो बहस छलफल गर्ने हो पुनः काम मा निरन्तरता दिने हो । माहोल छ भनेर उतै दौडिने बानि राम्रो होइन । माहौल कै पछि हिडियो भने आफ्नो अस्तित्व नै सकिन्छ किनकी माहौल स्थायी हुँदैन ।
अहिले नयाँ भनिएकाहरुलाई फेरि घण्टे, घण्टाघर र खराने ग्याङ्ग भनेर उपनाम आएको छ । हुन त काम अनुसार कै नाम हुन तैपनि यस्ता नाम आएर के हुन्छ र ? तर मालिकलाई भन्दा नोकरहरुलाई बढि टाउको दुखेको देखिन्छ । मालिकहरु यिन्लाइ उचालेर प्रयोग गरि माथी सरकारमा मस्ति गर्या छन्।भत्ता खाएका छ्न चिल्ला गाडी चढ्या छन् । तर तल यिनलाइ खै के नै पो मिल्छ र तर झम्टिन आउछ्न । चिथर्न आउछन् । कोपर्न आउछन् । महङ्गी झन आकासियो, हस्पिटल को बिलमा समेत ट्याक्स थोपरेको छ । साउन पछि बोर्डिङको बिल, बिजुलीको बिल र कोहि बिरामी परे हस्पिटलको बिल आउँदा अहिले हामलाई झोले भनेर उफ्रीनेलाई पोल्छ कि पोल्दैन होला हेर्न बाँकी छ ।
यस्को आलोचना छैन् । सरर जहाज चढी खाडिमा जाने क्रम जारी नै छ । फर्काउने कुरा भाषणका थिए व्यबहारका थिएनन् तर कोहि बोल्दैनन् । काङ्ग्रेस, एमाले, माओवादीले देश कङ्गाल बनाए भनेर बनिरहेको देश जलाए धेरै सुधारका कामहरू गणतन्त्र र संविधान जारी भएपछि भएका छन् । मानव सूचकांकका इन्डेक्स मा यी महत्त्वपूर्ण चिजहरु हेर्दा हुन्छ । अस्ति त अर्थमन्त्रीले यो स्वीकार गरि सके । तर ३५ बर्स पुराना दलले देश लुटे मात्रै भन्या छन् । सत्य कुरो कोहि चुइक्क बोल्दैन लेख्दैन । गणतन्त्रमा सारा नेपाली जनताको साथ सपोर्ट र सहयोग पनि भएको थियो । साना ठुला सबै दल मिलेर ठुला ठुला जनताको लागि आन्दोलनहरु गरेका थिए । रगत र पसिनाले सिंचिएका थिए । यो कसैले देखेन । न मिडिया ले देख्यो न जनताले देखे ।
नयाँ सरकारका अनेकौं काण्डहरु छताछुल्ल भै सके, बहुमतको दम्भले सरकार सञ्चालन गर्ने तरिका पाखण्डमा परिणत भै सके यी सबै प्रबृत्तिको आलोचना गर्ने अधिकार जनता र मिडियालाई छ गरिनुपर्छ । आलोचना गर्न अहिले कसैको टाउको दुख्छ । मुटु पोल्छ किन हो खै ? रास्वपाले बहुमत पाएको हो देश नै किन्या त होइन नि, गृहमन्त्री हुन लायक रास्वपामा अरु कोहि थिएनन् र ? उही व्यक्ति दुधले नुहाएर सुनपानी छर्केर फेरि ल्याउनु पर्याे ? रास्वपामा दाग नलागेका अन्य राम्रा मानिस माननीय छैनन् र ? अनि किन बोल्दैनन जनता ? किन लेख्दैनन मिडियाले ? भारत भ्रमणमा रविले राष्ट्रियताको सवाल चु सम्म गरेनन् ।
नेपाल पुगेर पत्रकारहरुलाई गोलम टोल उत्तर दिएर चनाखो पन देखाए तर कोहि बोल्दैन देश रास्वपाको पनि होइन र ? फेरि शिशिर खनाल भारत आए, राष्ट्रियताको कुरा उठाए हामीले ठिक गरे भनियो । रोष्टमबाट बोलिएको प्रधानमन्त्री वालेनको अभिव्यक्ति राष्ट्रघाति थियो । बेठिक बोले नभनेर आफ्नै देश विरुद्ध प्रमाण खोज्न हिडे केही समूह बचाउ गर्न हिडे तर गलत बोले भनेनन। देश यिनको पनि होइन र ? देश को माया यिनलाई लाग्दैन र ? खै त गलत लाई गलत भनेको ? पहिले सांसदहरूलाई स्वकीय सचिव कटौतीको ललिपप फ्याकियो, नौटङ्कि गरियो । चुनाव जितियो अहिले फेरि स्वकीय सचिव चाहियो रे ! असल नागरिक र मिडियाले सरकारको यस्ता रवैया माथि प्रस्न गर्न सक्नुपर्छ नत्र सरकार अन्धो हुन्छ । अन्धो ले जे पनि गर्छ गरिबका छाप्रामा डोजर हान्दै टुक्रन्छ ।
प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति दिए भन्नेलाई, ए तिम्रो पार्टीले ३०÷३५ बर्ष सम्म टनकपुर, मेचि कोसी, महाकाली बेचेर खाँदा केही नबोल्ने अहिले दुई महिना भएको छैन् । वालेनको बिरोध गर्ने भनिन्छ ? यस्तो पनि तर्क हो ? यस्तो लजिक बोलेर जनताको प्रश्न सोध्ने अधिकार पनि सकिदिने ? आखिर घाटा कसलाई हुन्छ ? देशलाई हुन्न र ? जनतालाई हुन्न र ?
एउटा पानी बाड्ने भन्दै सिहदरवार जलाउने काम गरेको उरन्ठाउलो व्यक्ति लाई गृहमन्त्री पदमा फर्काउनको लागि सिस्टमलाई नै खोटो देख्ने ? अनि यो सहि छ भनेर तालि पडकाउने ? कस्तो समाज निर्माण भो ? ३०÷३५ बर्ष उनिहरुले खाए अब यिनिहरुलाई खान देउ रे । के जनताको भावना यहि हो ? यसैको लागि थियो त्यो भारी बहुमत ? बहुमत भनेको जिम्मेवारी होइन र ? जे पायो त्यो गर्ने लाइसेन्स हो र ? हिजो एकछिन विध्युत जादा तत्कालीन हाकिमले केपी ओली को सालोले लाईन काट्यो भनेर गाली खान्थे तर अहिले दिनमा १० पटक बत्ती जादा पनि अहिलेको हाकिमले गाली खादैनन । कोहि चुइक्क बोल्दैन । अनि अर्थ मन्त्री ज्युले ५० युनिट माथिमा ५% भ्याट लाउँदा पनि जयजयकार खाईरहेका छन् । के परिवर्तन यहि हो ? अहिले हाम्लाइ झोले भन्नेले साउन पछि बिरामी भएर प्राइभेट हस्पिटलको बिल तिर्ने बेला,बिजुलि को बिल तिर्ने बेला र बाबू नानिको बोर्डिङको फिस तिर्ने बेला थाहा पाउने छन् । अनि किन झोले भनेर बिरोध गर्या रैछु भन्ने थाहा हुने छ कि हेरौं । हिजो प्रचण्ड लाई लाखको खाट्मा सुत्यो भनीयो अहिले सरकारले प्रधानमन्त्री निवासमा टिभी,फ्रिज,गिजर,वासिङ मेसिन लगायतका सामग्री खरिद गर्न १ करोड ४० लाख बजेट छुट्याएको छ ।
पूर्वाधार विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८३÷८४ को लागि यो बजेट छुट्याएको हो । ओलीलाई त कु जस्तै जस्तै देखिने अपहरणको सैलीमा आर्मीले उठायेपछी भएका सामान सबै छोडेर गएपछी आएकी आमैले चुनाव पछि घर जाँदा खाली बनाएर लागिन कि ? क्वार्टर भरि हुँदा हुँदै चल्दा चल्दैका सामान फ्याँकेर जनताको करमा रजाइँ गर्नलाई तेसरी मनलाग्दी खर्च गरिएको हो ? तर कोहि बोल्दैन । डाक्टर स्वर्णिमा वाकले द्यथ्म् ७०० भन्दा धेरै गाडी दुई अरब भन्दा धेरै भ्रष्टाचार गरेको अनुमान जगदीश खरेल ३० अरब स्मार्ट टेलिकम सँग भ्रष्टाचार गरेको अभियोग लागेको छ खै यस्को आलोचना ? चारैतिरबाट प्रमाणको चेपुवामा परेका सुदन गुरुङ्गलाइ तथाकथित छानबिन समितिले ‘स–साना त्रुटि रहेको’ र ‘सिस्टममा नै समस्या रहेको’ भनेर सुनपानी छर्किने कार्य गर्यो दिनदहाडै यस्तो हुँदा पनि किन कोहि बोल्दैन ? के तपाई हरुको आत्मा मरिसकेको हो? सुधन गुरुङलाई चोख्याउन गठन गरिएको सुनपानी समितिले पूर्वअनुमान गरे जस्तै प्रतिवेदन बुझायो !
प्रतिवेदनको अध्ययन पनि भएन, सार्वजनिक पनि भएन ! तर सुधन गुरुङ गृहमन्त्री नियुक्त भयो ! भनेपछि सुशासनका नारा त देखाउने दाँत मात्र हुन् भन्ने पुष्टि भएन त ? खै बोलेको ? महङ्गीले सीमा नाघ्दा, अत्यासलाग्दो कालोबजारी हुँदा अनुगमन छैन । एउटा लफङ्गो दसकौ पुरानो राजदरबार हत्याकाण्डको छानबिन गर्छु भनेर हल्ला गर्छ भेंडा जनता पररररर ताली पिट्छन छैन त अचम्म ? नेपाल बहादुरको देश हो यहाँका जवानहरुले विश्व युद्ध लडेर तक्मा पाए बहादुरी कमाए ।
बीर कहलिएर विश्व थर्काए। खै अहिले त्यो वीर पू्र्खाको जिन ? हेर जे भएपनी यो निष्ठावानको देश हो । यो धर्मज्ञको देश हो यहाँ, देश जलाएर सत्ता हत्याउछन् । आत्मा बेचेर सत्ता चढ्छन। तर यो सधै रहन्न। अधर्म को हार निस्चित छ । गरेको अनुमान जगदिश खरेल ३० अरब स्मार्ट टेलिकमसँग भ्रष्टाचार गरेको अभियोग लागेको छ कोहि बोल्दैन कसैलाई मतलब छैन ? चारैतिरबाट प्रमाणको चेपुवामा परेका सुदन गुरुङ्गलाई तथाकथित छानबिन समितिले ‘स–साना त्रुटि रहेको’ र ‘सिस्टममा नै समस्या रहेको’ भनेर सुनपानी छर्किने कार्य गर्यो कोहि बोल्दैन ? यसो मिडिया हेरेको गृहमन्त्रिमा सुदनको ‘कमब्याक’ रे ! इन्भर्टेड कमा राखी राखी कमब्याक लेख्याछन्,मानौं कि ठूलो उपलब्धि हासिल गरेर फर्किदैछन् । मावन अधिकार आयोगले किटानका साथ हिंसात्मक आन्दोलनको योजनाकार भनेर पोलेको मान्छे ले देशको गृह प्रशासन हाक्ने भए छैन त देशमा रमाईलो ? जनताको करबाट बनाईएका भवनहरु महाबिर आफैले जलाउन लगाए । मन्त्री महाविर पुन अहिले मन्त्रालयमै डेरा बस्ने रे !
किर्तिपुरको सरकारी जमिन फ्रिमा ओगटेका छन् कृषि ओैजार कारखाना फ्रि मा किताब बेचेर कर तिर्दैनन खै कोहि बोलेको ? आलोचना गर्यो कसैले भने सरकारले बोलिपिच्छे पुरानो दलमाथि आरोप लाउँछ । आफूमाथि उठेको प्रश्नलाई पुरानो दलले यो गरेको थियो, त्यो गरेको थियो भन्दै बिषयान्तर गर्छ र जिम्मेवारीबाट पन्छिन्छ । के अचम्म हो।पाँच बर्ष यिनीहरूले यसैगरी बिताउने हुन् कि क्या हो ? देश मा महङीले उठि सक्नु छैन, अनुगमन छैन, गरिब को बिहान बेलुकी कसरी टार्ने हो थाहा छैन अनि सरकार लाई दसकौ पहिलाको हत्याकान्ड को छानबिन गर्नु पर्या छ । उसो भए जङ्ग बहादुर रणाको मृत्यु को पनि छानबिन जरुरी छ है सरकार किनकी कसैले सेतोबाघको झम्टाइले भन्छन, कसैले बिमारी भएर भन्छन !
