बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा दुई वटा जिप एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।
बागलुङ बजारदेखि बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप बागलुङ नगरपालिका–३ रातमाटामा एक आपसमा ठक्किदा निसीखोलाका ४ जना विद्यार्थी घाइते भएका हुन् ।
एसईई ग्रेड वृद्धिको परीक्षा दिएर फर्कदै गरेका निसीखोला गाउँपालिका– ४ की १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाईली र निसीखोला गाउँपालिका–३ बोहोरागाउँका १५ वर्षीय हिमाल शाही ठकुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
घाइते विद्यार्थीको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । प्रहरीले दुवै जिपका चालक ३५ वर्षीय सन्तोष थाप र २४ वर्षीय अनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
