• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

तित्याङ माविका विद्यार्थीलाई ग्लोबल बैंकद्वारा शैक्षिक सामग्री

बागलुङ । ग्लोबल आइएमई बैंक बागलुङ शाखाद्वारा तित्याङ माध्यामिक विद्यालय बागलुङका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

विद्यालयका शिक्षक समेत रहेका लायन्स क्लब अफ बागलुङ प्रोफेसनलका प्रेसिडेन्ट दिनेश अधिकारीको विषेश पहलमा कक्षा १ देखि १० सम्म अध्यन गर्ने जेहेन्दार तथा आयस्रोत कम भएका विद्यार्थीलाई विद्यालय पोसाक, झोला साथै स्टेसनरी वितरण गरिएको हो ।

बैंकका गण्डकी प्रदेश प्रमुख सुसोबन देवकोटाले विद्यार्थीलाई पठन पाठनमा अकर्षित गर्नका लागि शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले बैंकले विभिन्न समयमा विभिन्न स्थानमा आवश्यकता अनुसार सहयोग गर्दै आएको बताउनु भयो ।

ग्लोबल आइएमइ बैक बागलुङ शाखाका प्रमुख सोकेन्द्र थापाले सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकद्वारा विद्यार्थीलाई ५० हजार रुपैयाँ भन्दा बढीको शैक्षिक शैक्षिक सामग्री हस्तान्तरण गरिएको बताउनु भयो ।

कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजु थापाले वैंक तथा वित्तिय संघ संस्थाले विद्यालयमा गर्ने सामाजिक कार्यले विद्यालयमा विद्यार्थी टिकाइ राख्न र शैक्षिक गुस्तरण वृद्धि गर्न समेत सहयोग पुग्ने गरेको बताउनु भएको थियो ।

कार्यक्रममा बैंकका मार्केटिङ म्यानेजर राजकुमार महर्जन, बागलुङ शाखाका राजेन्द्र आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष मनबहादुर थापा, प्रधानध्यापक कुमार प्रसाद उपाध्याय लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रम बैंकका बागलुङ शाखा प्रमुख सोकेन्द्र थापा मगरको अध्यक्षता र शिक्षक दिनेश अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।