• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

रास्वपाको प्रथम महाधिवेशनमा बागलुङ : गोमा क्षेत्रीदेखि प्रकाश सपुतसम्म चार दर्जन प्रतिनिधि

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम ऐतिहासिक महाधिवेशनमा बागलुङबाट ३९ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । पार्टीको केन्द्रीय नेतृत्व, सांसद, पूर्व उम्मेदवार, प्रदेश, जिल्ला, पालिका तथा विभिन्न विभागबाट बागलुङको प्रतिनिधित्व हुने भएको हो ।

बागलुङबाट महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी चर्चा रास्वपा बागलुङको जिल्ला अधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका पुनम प्रसाद शर्माको रहेको छ । शर्मालाई प्रदेश विभागको तर्फबाट महाधिवेशन प्रतिनिधि बनाइएको छ ।

जिल्ला नेतृत्वमा सर्वसम्मत चयन भएपनि केन्द्रमा उजुरी परेका कारण नवनिर्वाचित समितिले पूर्णता पनि पाएको छैन । प्रदेश अधिवेशनमा जिल्लाको तर्फबाट प्रतिनिधित्व भएन, तर शर्माले महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाउनुलाई बागलुङको संगठन विस्तारसँग जोडेर हेरिएको छ ।

त्यस्तै चर्चित कलाकार तथा २०८२ को निर्वाचनका समानुपातिक उम्मेदवार प्रकाश सपुत पनि रास्वपाको प्रथम महाधिवेशन प्रतिनिधि बन्नु भएको छ । संसदमा पुग्न नसके पनि पार्टीको महाधिवेशनमा सपुत स्वतः प्रतिनिधि चयन हुनु भएको छ । यद्यपी सपुतले समानुपातिक सूचिबाट सांसद नभएपछि कलाकारिता क्षेत्रमै सक्रिय हुने बताउनु भएको थियो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका खिमानन्द कँडेल पनि महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । पछिल्लो निर्वाचनमा टिकटका दावेदार कंडेल उम्मेदवार बन्न नपाएपछि राजनीतिक गतिविधिमा तुलनात्मक रूपमा कम सक्रिय देखिनु भएको थियो । कंडेलको पुनः सक्रियता रास्वपाभित्र चासोको विषय बनेको छ । पार्टी नेतृत्वले महाधिवेशन प्रतिनिधि चयन गरेछ, सहभागि हुदैछ, कंडेलले भन्नुभयो ।

केन्द्रीय तहबाट बागलुङको प्रतिनिधित्व

रास्वपाको केन्द्रीय सदस्यका रूपमा गोमा क्षेत्री महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । केन्द्रीय विभागतर्फबाट सुशील खड्का र शिलशिला आचार्य प्रतिनिधि बन्नु भएको छ । २०७९ को समानुपातिक उम्मेदवार तथा निवर्तमान जिल्ला सभापति महेन्द्र खड्का महाधिवेशन प्रतिनिधि सूचीमा रहनु भएको छ । खड्काले केन्द्रीय सदस्यका लागि उम्मेदवार समेत घोषणा गर्नु भएको छ ।

सांसददेखि प्रदेश नेतृत्वसम्म

बागलुङबाट निर्वाचित सांसद सोम शर्मा र गंगा पुनले पनि महाधिवेशनमा प्रतिनिधित्व गर्ने जनाइएको छ । प्रदेश समितिबाट मिना शर्मा आचार्य र चित्र बहादुर थापा प्रतिनिधि बन्नु भएको छ । प्रदेश विभागबाट पुनम प्रसाद शर्मा सहित तारानाथ आचार्य र लोचन भण्डारी महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । सम्पर्क विभागबाट दिपेन्द्रध्वज भण्डारी र प्रदेश तदर्थ समितिबाट टेक बहादुर कुँवर सहभागी हुने रास्वपाले जनाएको छ ।

जिल्ला समिति 

जिल्ला समितिबाट ढालेन्द्र रायमाझी, लिल बहादुर खड्का र पुष्पा शर्मा आचार्य प्रतिनिधि बन्नु भएको छ ।

पालिका सभापतिहरू 

रोशन कार्की
हरि बहादुर कार्की
रमेश घिमिरे
चुन बहादुर रसाइली
तेज प्रसाद शर्मा
राजेन्द्र बहादुर पुन
अमर लोचन
गंगा प्रसाद गुरुङ
अर्जुन कुमार पौडेल
राजेन्द्र शर्मा

पालिकाबाट महाधिवेशन प्रतिनिधि 

नारायणध्वज मल्ल
टेक बहादुर पुन
तेज बहादुर घर्ती क्षेत्री
गोविन्द प्रसाद पन्त
कमल भण्डारी
दीपक कुमार घर्ती मगर
सुनील भुसाल
परश्वर कँडेल
अभिषेक कटुवाल क्षेत्री

सभापतिबाट दुई जना मनोनित

रास्वपा सभापतिबाट बागलुङका हिम बहादुर क्षेत्री र राम प्रसाद शर्मा महाधिवेशन प्रतिनिधिका रूपमा मनोनित हुनु भएको छ ।

यसरी हेर्दा बागलुङबाट रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय नेतृत्वदेखि स्थानीय संगठनसम्मको प्रतिनिधित्व देखिएको छ । कलाकार, सांसद, पूर्व उम्मेदवार, संगठनका जिम्मेवार व्यक्ति र स्थानीय तहका नेताहरूको सहभागिताले बागलुङको उपस्थिति महाधिवेशनमा अर्थपूर्ण हुने देखिएको छ ।