बागलुङ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले स्वस्थ तन, मन र शरिरका लागि योग अनिवार्य भएको बताउनु भएको छ ।
१२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति, बागलुङ, महिला पतञ्जलि योग समिति बागलुङ र युवा नेपाल समिति बागलुङले आयोजन गरेको योग जागरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउन भएको हो ।
पछिल्लो समय हत्या, हिंसा, बलात्कार, लुटपाट र ठगी जस्ता घटनाहरु दिन प्रतिदिन बढिरहेको र त्यसको मुख्य कारण तनावको उचित व्यवस्थापन गर्न नसक्नु भएको थियो । उहाँले तनावको उचित व्यवस्थापन गर्दै सुन्दर र सुखी परिवार, समाज र राष्ट्र निर्माणका लागि योगको प्रचारप्रसार तिव्र बनाउनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।
बागलुङ बजारको समिक्षालय चोकबाट ¥याली सहित बजार परिक्रमा गरेको योग प्रशिक्षक र साधकहरुको समुहले बागलुङ बजारको ऐश्वर्य पार्कमा योग जागरण कार्यक्रम गरेको हो । कार्यक्रममा १२औँ अन्तर्राष्ट्रिय योग दिवसका लागि पतञ्जलि योग समिति नेपालले तयार पारेको पोर्टकल अनुसारकका योगका आशनरु ग्रिएको थियो ।
कार्यक्रममा राधाकृष्ण साधना केन्द्र, उपल्लाचौर साधना केन्द्र र रामरेखा साधना केन्द्रका १ सय भन्दा बढी साधकको उपस्थिती रहेको थियो ।कार्यक्रम पतञ्जलि योग समिति बागलुङका मन्त्री भुपेन्द्र खड्काको सञ्चालन तथा महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
