बागलुङ नगरखानेपानी उपभोक्ता संस्थाको साधारणसभा विद्यान सम्मत गर्न उपाभोक्ताले बागलुङ नगरपाकिला समक्ष माग गरेका छन् ।
बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको साधारणसभा प्रक्रियामाथि प्रश्न उठाउदै कार्वाहीको माग गर्दै बागलुङ नगरपालिकामा निवेदन दिएका छन् ।
बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारणसभा तथा संस्थागत प्रक्रिया विधानविपरीत भएको भन्दैै सरोकारवालाले बागलुङ नगरपालिकामा आवश्यक कारबाहीको माग गरेका छन् ।
नगरपालिकामा दर्ता गरिएको निवेदनमार्फत उपभोक्ताहरूले संस्थाले साधारणसभा आह्वान र सूचना प्रकाशनको प्रक्रियामा पारदर्शिता तथा विधानअनुसारको व्यवस्था पालना नगरेको बताइएको छ । निवेदनमा सबै उपभोक्तालाई समयमै जानकारी नदिई सीमित व्यक्तिको सहभागितामा निर्णय गर्न खोजिएको भन्दै त्यसलाई रोक्न र कानुनबमोजिम प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
निवेदकहरूले संस्थाको विधानअनुसार सबै उपभोक्तालाई पर्याप्त सूचना दिई सहभागितामूलक ढंगले साधारणसभा सञ्चालन हुनुपर्ने उल्लेख गर्दै त्यसविपरीतका गतिविधिमाथि छानबिन गरी आवश्यक कारबाही गर्न बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समयक्ष निवेदन दिएका छन् ।
उपभोक्ताहरु बाबुलाल शाक्य, गुरु प्रसाद शर्मा, थानेश्वस सुवेदी, शिव शाक्य र निरज शाक्यले हस्ताक्षर गरेको निवेदन नगरपालिकामा दर्ता गरिएको छ ।
