बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य निर्वाचनमा बागलुङबाट सोम शर्मा निर्वाचित हुनु भएको छ । बागलुङ क्षेत्र नं। २ का संघीय सांसद समेत रहेका शर्मा गण्डकी प्रदेश ९भूगोल० तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हो ।
निर्वाचन परिणामअनुसार गण्डकी प्रदेशबाट भूगोलतर्फ निर्वाचित हुने पाँच जनामध्ये शर्माले ८०० मत प्राप्त गर्नु भएको थियो । शर्माको कुल मत विवरणमा प्रत्यक्षतर्फ ७८७ मत र प्रवासतर्फ १३ मत रहेको छ । गण्डकी भूगोलतर्फ अन्य उम्मेदवारहरूमा पवित्रा थापा, मनिष खनाल, सागर भुसाल र विष्णु कुमारी गुरुङ ९एकता० विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा बागलुङबाट केन्द्रीय सदस्यका लागि शर्मासंगै टेक बहादुर पुन, महेन्द्र खड्का र खिमानन्द कंडेलले उम्मेदवारी दिनु भएको थियो ।
रास्वपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यको विवरण यस प्रकार रहेको छ ।

