बागलुङ । लायन्स क्लब अफ बागलुङले लायन वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्वलाई पदभार हस्तान्तरण गरेको छ । क्लबको प्रेसिडेन्टमा भुपेन्द्र केसीले पदभार ग्रहण गर्नुभएको छ भने फस्ट भाइस प्रेसिडेन्टमा तिलक खड्का, सेक्रेटरीमा चिरञ्जीवी श्रेष्ठ र ट्रेजररमा शशी भट्टराईसहित नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेको हो ।
नयाँ नेतृत्वको पदभार ग्रहण कार्यक्रममा क्लबका पदाधिकारी, पूर्वअध्यक्ष तथा लायन्स सदस्यहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । वक्ताहरुले लायन्स क्लबले सामाजिक सेवा, मानवीय सहयोग र समुदाय विकासका क्षेत्रमा गर्दै आएको योगदानलाई अझ प्रभावकारी बनाउँदै लैजान नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जोन चेयरपर्सन तथा पूर्वअध्यक्ष सूर्यप्रसाद चापागाईं, पूर्वअध्यक्षहरु प्रेम केसी, राजु गौतम, विकास पौडेल, युक्त सुवेदी तथा संस्थापक अध्यक्ष दुर्गा कुँवर लगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
उहाँहरुले लायन्स क्लबको मूल भावना ‘सेवा नै धर्म हो’ भन्ने मान्यतालाई आत्मसात गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमको सञ्चालन क्लबका सचिव नारायण शर्माले गर्नुभएको थियो । नयाँ कार्यसमितिले आगामी लायन वर्षमा सामाजिक सेवा, स्वास्थ्य, शिक्षा, वातावरण तथा समुदायमुखी कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
