• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

गौतमलाई सुगंगा सम्मान

  • २०८३ असार १८, बिहीबार

बागलुङ । यस वर्षको सुगंगा सम्मान ढोरपाटन दैनिकका पत्रकार हरिनारायण गौतमलाई प्रदान गरिएको छ । बागलुङको ढोरपाटन दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई यस वर्षको सुगंगा पुरस्कार कोषबाट सम्मान गरिएको छ ।  सुगंगा स्मृति कोषद्वारा बिहिबार आयोजित एक समारोहमा गौतमलाई सम्मान पत्र र नगदसहितको पुरस्कारबाट सम्मान गरिएको हो ।

तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रिर्याशिल गौतमलाई पत्रकारिता क्षेत्रमा अझै ससक्त भएर लाग्ने प्रेरणा स्वरुप पुरस्कार प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले जानकारी दिनुभयो । २०५१ सालदेखि पत्रकारितामा प्रवेश गर्नुभएको गौतम श्री धौलागिरि साप्ताहिक, धौलागिरि स्टार साप्ताहिक, न्यू धौलागिरि साप्ताहिक/दैनिक, राजधानी दैनिक, समाचारपत्र दैनिक, हिमाल, नेपाल तथा समय साप्ताहिक लगायतमा काम गरिसक्नुभएको छ । गौतम ढोरपाटन दैनिकका प्रधान सम्पादक र धौलागिरि एफएमका अध्यक्ष समेत हुनुहुन्छ ।

यस अघि यो पुरस्कारबाट राससका प्रधानसम्पादक एकराज पाठक, एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कंडेल, नवप्रवद्र्धनको क्षेत्रमा काम गरेका महाविर पुन, पूर्व प्रधान न्यायधिश कल्याण श्रेष्ठ लगायतलाई प्रदान गरी सकिएको छ ।

रु. २५ हजार राशीको पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गर्दै धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुर्दशन सिलवालले पत्रकारिता मार्फत समाजलाई ज्योती फैलाउन, जागरण ल्याउन र समाजलाई सही मार्गमा हिडाउन गौतमको पत्रकारिताले योगदान दिनुभएको बताउनुभयो । गौतमले पत्रकारिताको मूल्यांकन गरेर कोषले दिएको पुरस्कारबाट पत्रकारिता क्षेत्रमा लाग्नेहरु सबैलाई प्रेरणा मिलेको बताउनुभयो ।

  • २०८३ असार १८, बिहीबार