• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बागलुङमा पर्खाल भत्किंदा पुरिएर बालकको मृत्यु

बागलुङ । जिल्लाको ढोरपाटनमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ ।

आइतबार दिउसो १२ बजेको समयमा ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) फर्णिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको प्रहरीको भनाई छ । पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ ।