बागलुङ । जिल्लाको बडिगाड गाउँपालिका १ की एक वृद्वा मृत फेला परेकी छन् ।
गत बुधबार बिहानदेखि बेपत्ता भएकी बडिगाड–१ किर्तुल नेपानेकी ८० वर्षिया वृद्वा भुमी सलामी मृत अवस्थामा फेला परेको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक नारायण कुँवरले जानकारी दिनुभयो ।
सलामी सोही ठाउँको ठुलो गैरामा मृत फेला परेकी हुन् । सुस्त मनःस्थितीकी सलामी गत साउन ६ गते बिहान घरबाटै बेपत्ता भएको छोरा यम सलामीले बताउनुभयो । सलामी बेपत्ता भएपछि प्रहरी र स्थानीयबासीले खोजी गर्दा पाँच दिनपछि सडेको अवस्थामा मृत फेला परेको प्रहरी नायव निरीक्षक कुँवरले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
