बागलुङ । कालिगण्डकी नदीबाट नदीजन्य सामग्री उत्खनन गरेर ढुवानी गर्न हिडेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार कालीगण्डकी नदीको नदीजन्य सामग्री बोकेर हिडेको बा.प्र.०३–००१क२१९ नम्बरको टिप्पर जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । प्रहरीको नियमित चेकजाँचको क्रममा सोमबार मालढुङ्गाबाट उत्त टिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रहरीले नदीजन्य सामग्री उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा फेला पारेको भन्दै सवारी साधनलाई नियन्त्रणमा लिएर कानूनी कारबाहीका लागि बागलुङ नगरपालिका पठाएको बताउनुभयो । प्रहीले नियन्त्रणमा लिएर नगरपालिका पठाएको उक्त सवारीलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक ऐन २०८३ को अनुसुची १० बमोजिम तोकिएको रेट अनुसार जरिवाना गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।
