• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

क्षेत्री महिलालाई उद्घोषण भाषणकला तालिम

  • २०८३ श्रावण २२, शुक्रबार

बागलुङ । क्षेत्री महिलाहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पनन भएको छ । क्षेत्री महिला समाज बागलुङको आयोजना र क्षेत्री समाज बागलुङको व्यवस्थापनमा क्षेत्री महिलाका लागि बुधबारदेखि सुरु भएका दुई दिने उद्घोषण तथा भाषणकला तालिम बिहीबार सम्पन्न भएको हो ।

क्षेत्री समाज बागलुङका अध्यक्ष रुद्र महतले महिलाहरुको क्षमता र प्रतिभाको विकास गर्नका लागि तालिमको आयोजना गरिएको बताउनु भएको थियो ।

आफ्ना कुराहरु निर्धक्कसँग अभिव्यक्त गर्नका लागि पनि तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । समापन कार्यक्रम क्षेत्री महिला समाजका अध्यक्ष खेमकुमारी नायक क्षेत्रीको अध्यक्षता र सचिव मिना रोका क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममको पहिलो दिन पत्रकार संगम घर्तीमगरले उद्घोषण र भाषणकलाको विषयमा सहजीकरण गर्नुभएको थियो । दोस्रो दिन नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले सहजीकरण गर्नु भएको थियो ।

  • २०८३ श्रावण २२, शुक्रबार