• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

चुङ्ग्री बुकीमा फोहोर व्यवस्थापन चुनौती

“विभिन्न निकायले डस्र्टविन पनि पठाउनु भएको छ,ठाउँठाउँमा, डस्र्टविन राखिएको छ तर कतिपय पर्यटकले त्यो भन्दा फरक ठाउँमा फाल्नु हुन्छ ,दिगो रुपमा व्यवस्थापन गर्न कठिन बनेको छ । यो कुरा पर्यटकले पनि बुझ्दिनु पर्छ ”पुनले भन्नु भयो । पर्यटकले लगेको प्लाष्टिक जन्य फोहोरलाई व्यवस्थापन गर्न असहज बनेको छ ।

बागलुङ । पछिल्लो समय पर्यटकीय हबको रुपमा विकास हुँदै गएको रुकुम पूर्व र बागलुङको सिमा क्षेत्रमा पर्ने चौरी खर्क(चुङ्ग्री बुकी) फोहोर व्यवस्थापनमा चुनौति देखिन थालेको छ ।
रुकुम पूर्वको भूमे गाउँपालिका–१ पर्ने चौरी खर्क समुद्री सतहबाट करिब ४ हजार २० मिटरभन्दा बढी उचाइमा फैलिएको विशाल पाटन हो । मनोरम बुकीले प्रकृतिप्रेमी, पदयात्री तथा आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ । पछिल्लो दुई वर्ष यता यहाँ पुग्ने पर्यटकमा उल्लेखनिय बृद्धि त भयो तर यहाँ पर्यटक सँगसँगै पुग्ने फोरपनि व्यवस्थापनमा चुनौती थपिएको छ । घुम्नकालागि पुग्ने पर्यटकले आफुसँगै लगेको फोहोर सही व्यवस्थापन नहुँदा समस्या पैदा भएको स्थानीय पर्यटन व्यवसायी दिलचन पुनले बताउनु भयो ।

“विभिन्न निकायले डस्र्टविन पनि पठाउनु भएको छ,ठाउँठाउँमा, डस्र्टविन राखिएको छ तर कतिपय पर्यटकले त्यो भन्दा फरक ठाउँमा फाल्नु हुन्छ ,दिगो रुपमा व्यवस्थापन गर्न कठिन बनेको छ । यो कुरा पर्यटकले पनि बुझ्दिनु पर्छ ”पुनले भन्नु भयो । पर्यटकले लगेको प्लाष्टिक जन्य फोहोरलाई व्यवस्थापन गर्न असहज बनेको छ । पर्यटकले प्रयोग गरेर जहाँपनि छोड्ने र यसलाई हावाँले उडाएर टाढा सम्म पु¥याउने गरेको र जंगली जनावर तथा घरपालुवा जनावरलाई समेत असर गर्ने गरेको छ ।

पशुपालक नर बहादुर घर्तिले पर्यटकलाई फोहोर नफाल्न आग्रह गर्नुभयो । फोहोर फाल्दा गाई,भैसी,भेडा,बाख्रा तथा घोडा खर्चडले खाएमा पशुहरुको ज्याननै जान सक्ने उहाँको गुनासो छ । “पर्यटक आउन थालेको दुई वर्ष भयो, घुम्न आएको राम्रो तर फोहोर फाल्ने चाँही नराम्रो, गाई,भैसी,भेडा,बाख्रा तथा घोडा खर्चडले चाटेर मर्छन” घर्तिले भन्नु भयो ।
चार हजार मिटरभन्दा माथिको उचाइ, खुला घाँसे मैदान, रंगी विरगीं वनफुल, टाढासम्म फैलिएका हरिया पाटन, छिनछिनमै बदलिने मौसम र गर्मीयाममा समेत शीतल वातावरण हुने चुङ्ग्री बुकीका प्रमुख विशेषता हुन् । गर्मी छल्न चाहनेका लागि यो क्षेत्र उपयुक्त गन्तव्य बन्दै गएको छ । बिहानको घाम, दिउँसो कुहिरो र बेलुकाको सुनौलो दृश्यले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिको अनुपम सौन्दर्यमा रमाउन बाध्य बनाउँछ । यसै दृश्य हेर्न टाढा बाट पर्यटक पुग्ने गरेका छन् ।

पर्यटकको संख्यामा वर्षेनि बृद्धि हुँदै जाने र फोहोर व्यवस्थापन दिगो गर्न नसकिए वातावरणमा समेत असर गर्ने तथा पशुपालक किसानलाई समेत क्षति हुन सक्ने स्थानीय हिमाल पुनको भनाई छ । यहाँ पुगेर फोटो खिच्ने टिकटक बनाउने,फूलसँग रमाउनेको लर्को लाग्ने गरेको छ । विशेष गरी सार्वजनिक विदा समयमा यहाँ पर्यटकको ओईरो नै लाग्ने गरेको छ ।