• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

भोटेकोशी बाढीमा तमानखोलाका नौ जना सम्पर्कविहीन (विवरणसहित)

बागलुङ । रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन भएका छन् । माथिल्लो त्रिशुली जलविद्युत् आयोजना (अपर त्रिशुली हाइड्रोपावर २१६ मे.वा., ड्यामसाइड हाकुवेशी) तथा सोही क्षेत्र आसपासमा कार्यरत उनीहरू बाढीपछि सम्पर्कविहीन भएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।

तमानखोला गाउँपालिकाका अनुसार सम्पर्कविहीन हुनेहरूमा :

पदम बहादुर घर्ती मगर (३७ वर्ष) – तमानखोला गाउँपालिका–१, हिजा (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर)
इन्द्र कुमार वि.क. (३२ वर्ष) – तमानखोला गाउँपालिका–१, हिजा (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर)
विष्णु घर्ती मगर (२२ वर्ष) – तमानखोला गाउँपालिका–१, रिक्लाङ्ग
भिम बहादुर छन्त्याल (३७ वर्ष) – तमानखोला गाउँपालिका–२, बोङ्गाखानी (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर)
खडक छन्त्याल (अन्दाजी ५० वर्ष) – तमानखोला गाउँपालिका–२, बोङ्गाखानी
संजय शेर्पाली (२२ वर्ष) – तमानखोला गाउँपालिका–३, तमान (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर)
दल प्रसाद बूढा (५० वर्ष) – तमानखोला गाउँपालिका–३, तमान
लाता कामी (५८ वर्ष) – तमानखोला गाउँपालिका–४, लाममेला
भिम बहादुर वि.क. (४७ वर्ष) – तमानखोला गाउँपालिका–४, लाममेला
सम्पर्कविहीन नागरिकहरूको खोजतलास र उद्धारका लागि पहल भइरहेको छ