बागलुङ । बागलुङ नगरपालिकाले बाढी पहिरो लगायत प्राकृतिक विपद्बाट प्रभावितको उद्दार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु. पाँच लाख सहयोग गर्ने निर्णय गरिएको छ ।
नगर प्रमुख वसन्तकुमार श्रेष्ठल बाढीका कारण रसुवा, सिन्धुपाल्चोक, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेकाप्रति सहानुभूति प्रकट गर्दै सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
उद्दार, राहत तथा पुनःस्थापनाका कार्यमा आफ्नोतर्फबाट सम्भव सहयोग, समन्वय र ऐक्यबद्धता कायम गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु पाँच लाख सहयोग गर्ने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।