• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

एलपी ग्यास विक्रेता संघ बागलुङको अध्यक्षमा राजु गौतम

  • २०८३ भाद्र २७, शनिबार

बागलुङ । एलपी ग्यास विक्रेता संघ बागलुङको आठौँ साधारण सभा तथा चौथो अधिवेशनले राजु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शनिबार बागलुङ बजा।मा भएको अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा नरिश्वर शर्मा, महासचिवमा गणेशराज लम्साल, कोषाध्यक्षमा राजकपुर श्रेष्ठ र सचिवमा सुरेन्द्र खड्का चयन हुनुभएको छ। त्यस्तै, सदस्यमा विजय श्रेष्ठ, कृष्ण क्षेत्री र पन्निलाल शाह चयन हुनुभएको एलपी ग्यास विक्रेता संघ बागलुङका निवर्तमान अध्यक्ष हरि आचार्यले जानकारी दिनुभयो ।

  • २०८३ भाद्र २७, शनिबार