बागलुङ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनबाट बागलुङ नगरपालिका वडा नम्बर २ की २२ वर्षीया स्वीकृति भारी क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ ।
धौलागिरी बहुमुखी क्याम्पसमा विविए अध्ययनरत भारी प्रतिनिधि चयन हुनुभएको हो ।
असोज ३ र ४ गते देशभर वडा अधिवेशन सम्पन्न गर्ने कांग्रेसको कार्यतालिका अनुसार ३ गते सम्पन्न वडा अधिवेशनबाट भारी प्रतिनिधि चयन हुनुभएको हो ।
क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि भारीले आफूले प्राप्त गरेको जिम्मेवारीलाई इमानदारी, निष्ठा र सक्रियताका साथ पूरा गर्ने बताउनुभएको छ ।
कांग्रेसले यसपटकको महाधिवेशन प्रक्रियामा युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै ३५ वर्षमुनिका युवालाई पार्टीका विभिन्न तहमा प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।
