बागलुङ । नेपाली कांग्रेस ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका सर्वसम्मत चयन हुनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न गाउँपालिका अधिवेशनले रोकाको सभापतित्वमा गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
ताराखोला गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका रोका पार्टीको सभापतिमा चयन हुनुभएको छ ।