बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङको बडिगाड गाउँपालिकामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
अधिवेशनबाट सभापतिमा रणबहादुर भुजेल सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै उपसभापतिमा हेमराज चालिसे र कुश्मा बुढा, सचिवमा प्रदीप पौडेल तथा सहसचिवमा चन्द्र भुजेल (गणेश) चयन हुनुभएको छ ।
कांग्रेस बागलुङका सचिव गण्डकी थापा अधिकारीका अनुसार बडिगाड गाउँपालिकाको सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो । अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा आपसी सहमति र समझदारीका आधारमा नेतृत्व चयन गरिएको उहाँले जानकारी दिनुभयो । सभापति भुजेल यसअघिपनि कार्यवाहक सभापतिको जिम्मेवारीमा रहेका थिए ।