• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

पूर्वमन्त्री मणिभद्र शर्मालाई पत्नी शोक

  • २०८३ आश्विन १६, शुक्रबार

बागलुङ । पूर्व मन्त्री तथा नेपाली कांग्रसका नेता मणीभद्र शर्मा कँडेललाई पत्नी शोक परेको छ । गण्डकी प्रदेशका पूर्व पर्यटन, उद्योग तथा वाणिज्य मन्त्री एवं नेपाली कांग्रेस बागलुङका पूर्वसभापति मणिभन्द्र कँडेलकी श्रीमती इन्द्रकली कँडेलको मंगलबार निधन भएको हो ।

बागलुङ नगरपालिका–२, श्रीनगरटोलस्थित आफ्नै निवासमा ७१ वर्षको उमेरमा उहाँको निधन भएको परिवारले जनाएको छ ।  उहाँका तीन छोरा छन् । इन्द्रकली कँडेलका तीन छोराहरु डा. ईश्वरीप्रसाद कँडेल, अधिवक्ता शिव कँडेल र नरेश कँडेल हुन ।

माता इन्द्रकली कँडेल नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी, नेपाल प्रेस युनियन बागलुङका पूर्वअध्यक्ष एवं नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष नरेश कँडेलको माता हुनुहुन्छ ।

विसं २०१३ साल असार २३ गते मालिकामा जन्मिनुभएकी कँडेलको बुधबार बागलुङ नगरपालिका–४ स्थित निरघाटमा अन्त्येष्टि गरिएको छ ।

 

  • २०८३ आश्विन १६, शुक्रबार