• २०८३ कार्तिक १६, आईतवार
  • 2026 November 01, Sunday

उच्च अदालतले भन्यो नगर खानेपानीको छिटो साधारणसभा गराउ

  • २०८३ कार्तिक १६, आईतवार

 

बागलुङ । बागलुङ नगर खानेपानीलाई उच्च अदालत पोखरा, बागलुङ इजलासले यथासक्य छिटो साधारणसभा गर्न परमादेश जारी गरेको छ । समयमै साधारणसभा नगर्दा हाल सम्म गरेका सबै निर्णय निस्कृय भएको भन्दै छिटो साधारणसभा गराउन परमादेश जारी गरेको छ ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बिधान बमोजिम यथासक्य चाँडो वार्षिक साधारण सभा गर्न र उपभोक्तालाई नियम अनुसार सुचना पुर्याउन भनेको छ ।

साधारणसभा तोकिएको २०८३ असार १५ देखि १८ गते सम्म गर्ने भनिएको साधारणसभाको पनि औचित्य नरहेकोले संस्थाको तर्फबाट नियमित रुपमा हुनुपर्ने साधारणसभा नयाँ मिति तोकेर गर्नु भनेको हो ।

साधारण सभा र अधिवेसन गराउनु संस्थाको बाध्यता र कानुनी कर्तव्य भएको अदालतले नगरखानेपानीको नाममा भनेको छ । साधारासभा जवाफदेहीपूर्णदेखिनुपर्न, उपभोक्ताको हितमा र संस्थाको आर्थिक पारदर्शीता, वार्षिक कार्य प्रगती प्रतिवेदन समेतमा चुस्त रहनुपर्ने जनाईएको छ ।

बागलुङ नगर खानेपनी तथा सरसफाइ उपभोक्ता संस्थाका निर्वाचित सदस्यहरु कुलराज शर्मा (हिमाल), हुमा खड्का र कालीका सापकोटाले संस्था र बागलुङ नगर कार्यपालिकालाई बिपक्षी बनाइ उत्प्रेषण युक्त परमादेश माग गर्दै मुद्दा दायर गरेका थिए । उक्त निवेदनको अन्तिम आदेश जारी गर्दै अदालतले निर्वाचित सदस्यलाई समयमा सूचना दिएर बैठक बस्न सुझाएको छ भने निवेदक सहितका सदस्यलाई पनि २०७९ देखिनै साधारणसभा नभएकोले साधारणसभा सम्पन्न गर्ने सबैको दायित्व भएको सम्झाएको छ ।

मुद्दामा निवेदकको तर्फबाट अधिवक्ता तिलकबहादुर रिजाल, संस्थाको तर्फबाट बरिष्ठ अधिवक्त भूमिश्वर गौतम, अधिवक्ताहरु राम शर्मा र प्रकाश बराल तथा नगरपालिकाको तर्फबाट अधिवक्ता ज्ञानेन्द्रराज पन्तले बहस गरेका थिए ।

 

  • २०८३ कार्तिक १६, आईतवार