बागलुङ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पछिल्लो समय विद्युतजन्य दुर्घटना बढ्न थालेकाले सरकारले सेचतनामूलक कार्यक्रम समेत ल्याउन थालेको बताउनुभयो ।
विद्युत अपरीहार्य आवश्यकता भइसकेपछि विद्युतबाट हुँने जोखिम तथा दुर्घटना समेत बढेको पाइएको बताउदै विद्यालयस्तरबाटै सचेतना अपनाउन आवश्यक रहेको बताउनुभएको छ । बागलुङमा आयोजित सरोकारवालासंकको अन्तरक्रिर्या कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नाङ्गो तार विस्तापित गर्ने, विद्युत तार भूमिगत गर्ने र सचेतनामूलक कार्यक्रम गर्ने लगायतका काम गरिरहेको बताउनुभयो ।
“मानिसको भान्सा तथा घर–घरमा विद्युत आएपछि जोखिम हुन्छ नै, तर विद्युत जोखिम घटाउन विद्युत प्राधिकरणका लागि परेको छ भने आम नागरिक समेत सेचत हुन आवश्यक छ”मन्त्री श्रेष्ठले भन्नुभयो “नदीमा बाढी पहिरो जादा उर्जा क्षेत्रमा ठूलो क्षति भएको छ, बागलुङमा समेत उर्जा आपूर्ती अनियमित भएको पाए, सरकारसंग सव–स्टेशन बनाउने बजेटको अभाव छैन, बागलुङको विद्युत वितरण मिलाउन मैले समन्वय गरिरहेको छु ।” बागलुङमा बाढीपहिरो तथा नदी कटानले पु¥याएको क्षति लगायतको अवस्था बुझ्न शनिबार साँझ बागलुङमा आउनुभएका मन्त्री श्रेष्ठले रुग्ण विद्युतका आयोजना सकेर मात्रै नयाँ विद्युतका आयोजना सञ्चालन गरिने बताउनुभयो ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बागलुङमा आएको बाढीपहिरो र नदी कटानका कारण निसीखोला, गलकोट लगायतमा ठूलो क्षति पुगेपछि स्थलगत निरिक्षणका लागि आज बागलुङ आउनुभएको छ । उहाँले नदी र बस्ती संरक्षणका लागि सक्दो बजेट पठाइने बताउनुभयो । उहाँले विद्युत स्तरोन्नतिका लागि सरकारसंग बजेट अभाव नभएको बताउनुभयो ।
बागलुङ जिल्लाका छ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकाले पुनःनिर्माणमा सरकाले ध्यान दिने बताउनुभएको छ । मन्त्री श्रेष्ठलाई बागलुङमा लिफ्ट खानेपानी तथा सिँचाई आयोजनामा भएको ढिलाई, सिँचाइको अभाव, विद्युत अनियमितता, विद्युत दुर्घटना तथा नाङ्गोतार व्यवस्थापन लगायका विषयमा स्थानीयले समस्या राखेका थिए । बागलुङको उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना लगायतका सस्तो आयोजना कार्यान्वयनमा ध्यान दिन स्थानीयले मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।
मन्त्री श्रेष्ठले अहिलेको सरकारमा ढिलासुस्ती छुट नभएको बताउदै जनताको चासो, गुनासो तथा समस्या बुझ्न गाउँ–गाउँ आएको बताउनुभयो ।