• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

गलकोटमा इलाका प्रशासन कार्यालय खोलिनेछ : प्रधानमन्त्री ओली

काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बागलुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

ज्ञापन पत्र बुझाउनका लागि संघीय सांसद देवेन्द्र पोडेल, संघीय सांसद देवि प्रकाश भट्टचन, एमाले नेतृ मन्जु चालिसे, प्रदेश सांसदहरु गोविन्द नेपाली, जित शेरचन, द्वर्ण कुँवर, दिलमाया पौवीलगायतका बागलुङका नेता कार्यक्रता केपी ओली समक्ष पुगेका थिए ।