• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

पत्रकार महासंघ बागलुङमा दीप प्रज्वलन गरि मनाइयाे संविधान दिवस

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेपाल पत्रकार महासंघ, बागलुङ शाखाले आज दीप प्रज्वलन गरेको छ । महासंघ कार्यसमितिका पदाधिकारी, सदस्यसहित जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थितिमा कार्यालय परिसरमा दीप प्रज्वलन गरिएको हाे ।

जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट निर्मित संविधान जारी भएको दिनको खुसीयालीमा दीप प्रज्वलन गरिएको महासंघले जनाएको छ । संविधानको रक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने महासंघको ठहर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत संवैधानिक हक र अधिकारको सुनिश्चितताका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा हुनुपर्ने महासंघका अध्यक्ष राम थापाले बताउनुभयाे ।

संविधान दिवसका अवसरमा आजै बागलुङ नगरपालिकाले पनि बागलुङ बजारस्थित ऐतिहासिक उद्यानमा दीप प्रज्वलन गरेको थियो । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिले पनि जिल्लामा विविध कार्यक्रम गरी उक्त दिवस मनाएको छ ।