• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

ढोरपाटनमा बेकरी र कफि बनाउने तालिम

  • २०८२ कार्तिक २४, सोमबार

बागलुङ । बागलुङको पर्यटकीय स्थल ढोरपाटनमा १० दिने बेकरी तथा १० दिने कफि बनाउने तालिम सम्पन्न गरिएको छ ।

युएनडिपि र नेपाल पर्यटन बोर्डको आर्थिक तथा प्राविधिक सहयोग, ढोरपाटन नगरपालिकाको समन्वय, स्थानीय साझेदारी संस्थाविवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित दीगो पर्यटन परियोजनाले १० दिने कफि तथा १० दिने बेकरी सम्बन्ध तालिमपर्यटकीयस्थल ढोरपाटनमा सम्पन्न गरेको छ ।

पर्यटन प्रबर्द्धनका लागि स्थानीय युवाहरु र महिला सशक्तिकरणका लागि तालिम प्रदान गरिएको थियो ।

बेकरी तालिमबाट सामान्य ब्रेडदेखि कुकिज, केक र बर्गर जस्ता ३० थरीका बेकरीका प्रकार बनाउन तथा बेकरी निर्माणका उपकरणचलाउन सिकाईएको छ ।

यस्तै कफि तालिममा सामान्य कफि, क्यापाचिनो, अमेरिकानो, लाते, आईसमोका, मोजितो जस्ता ३० भन्दा बढी पिय पदार्थ बनाउनसिकाईएको थियो । तालिममा नौ लाख बढी रकम खर्च भएको दोगो पर्यटन कार्यक्रमको फोकल पर्सन बिमल शर्माले जानकारीदिनुभयो । तालिमले पर्यटकलाई थप परिकार पस्कन सहयोग पुर्याउनेछ । बेकरी सम्बन्धी तालिम ढोरपाटन उपत्यका र

कफि सम्बन्धी तालिम ढोरपाटन नगरपालिका–९ वडा कार्यालयमा भएको थियो ।

तालिममा ४० महिला तथा युवाको सहभागीता रहेको थियो ।समापन तालिमको समापन कार्यक्रम ढोरपाटन नगरपालिका–९ काकार्यवाहक वडा अध्यक्ष नरमता पुनको प्रमुख आतिथ्यतामा भएको थियो । उहाँले तालिमका कारण आय आर्जनमा मद्दत पुर्याउनेबताउनुभयो ।

कार्यक्रममा विवाईसीका सचिव विक्रम शर्मा, सदस्य प्रेम केसी, प्रशिक्षक नारायण लामा, सहभागीहरू सुस्मा घर्तीमगर, राजेन्द्र बिकलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम विवाईसीको अध्यक्ष तोयानाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • २०८२ कार्तिक २४, सोमबार