बागलुङ । प्राज्ञ प्रेम छोटा नेपाल प्रज्ञा–प्रतिष्ठानको बाल सहित्य विनाम र मातृभाषा कोश र व्याकरण विभागद्वारा सम्मानित हुनु भएको छ ।
आइतबार विभागले छोटालाई बागलुङमै एक कार्यक्रमको आयोजना गरेर कदर पत्रले सम्मान गरेको हो । नेपाली भाषा, साहित्य र संस्कृतिसँगै समाजसेवामा समेत चार दसकदेखि छोटाले योगदान पु¥याएको भन्दै सम्मान गरिएको नेपाल प्रज्ञा परिषदका सदस्य अगिव वनेपालीले बताउनु भयो ।
सम्मान कार्यक्रममा वनेपालीसँगै नेपाल पज्ञा प्रतिष्ठानका भाषा आयोग सदस्य मातृका पोखरेल, सीता शर्मा, धौलागिरी वहुमुखी क्याम्पस बागलुङका प्रा.डा दिनबहादुर थापा लगाएतको उपस्थिती रहेको थियो ।
सम्मान विद्यामन्दिर पुस्तकालय बागलुङका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ अधिवत्ता काजीगाउँले श्रेष्ठको स्वागत तथा गोविन्द बहादुर वझाको सञ्चालनमा सम्पन्न भएको थियो ।