• २०८३ मंसिर ७, आईतवार
  • 2026 November 22, Sunday

एमाले केन्द्रीय सदस्यमा बागलुङका छ जना विजयी

  • २०८२ पुष ३, बिहीबार

बागलुङ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका बागलुङका छ जना एमाले नेताहरु विजयी भएका छन् ।

केन्द्रीय सदस्य पदमा ओली समुहबाट उमेदवारी दिएका लिल बहादुर थापा मगर १३२०, मन कुमारी केसी जिसी १७१६, डा.सुर्य पाठक १३२०, गोविन्द बहादुर नेपाली १४४१, मञ्जु शर्मा चालिसे १७८२ तथा दुवै समुहमा परेकी सावित्रा राना मत १९२५ ल्याएर विजयी हुनु भएको छ ।

थापा आदीवासी जनजाती समुह, केसी जिसी खुल्ला महिला समुह, पाठक खुल्ला समुह, नेपाली दलित खुल्ला समुह, चालिसे गण्डकी भूगोल महिला र राना आदिवासी जनजाती समुहबाट उमेदवार बन्नु भएको थियो ।

  • २०८२ पुष ३, बिहीबार