बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेमा पिकअपको ठक्करबाट बालकको मृत्यु भएको छ ।
पिकअपको ठक्करबाट गम्भिर घाइते भएका काठेखोला गाउँपालिका १ धैरेनीका शिव प्रसाद शर्माका ५ वर्षीय छोरा सुर्य ढुङ्गानाको उपचारका क्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मृत्यु भएको हो ।
बाटो क्रस गरिरहेका बालकालाई ध१च १३३६ नं. को पिकअप जिपले ठक्कर दिएको थियो ।
चालक पर्वतको जलजला गाउँपालिका ८ निवासी २५ वर्षीय सुनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख तिलक भारतीले जनकारी दिनुभयो ।
