बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट एमालेका ८ जनाले उमेदवारका लागि दावी गरेका छन् ।
नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. १ को शुक्रवार सम्पन्न वैठकमा उमेदवार बन्न इच्छुकहरुले दावी प्रस्तुत गरेका थिए ।
उमेदवारका लागि दावी प्रस्तुत गर्नेहरुमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु मन कुमारी केसी जिसी र डा.सूर्य पाठक, निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, पूर्व जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, प्रदेश कमिटि सदस्यहरू गिता शर्मा र सन्जय कुमार श्रेष्ठर बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा रहनु भएको छ ।
एमालेको हालै सम्पन्न वैठकले पुस २० गते भित्र प्रत्यक्षतर्फ उमेदवारका लागि सिफारिस गर्न निर्देशन गरेको थियो ।
केन्द्रीय सचिवालयले कम्तिमा एक जना महिला सहित ३ जनाको नाम पठाउन निर्देशन गरेको छ, उमेदवारका लागि दावी गर्नेहरुका बीचमा छलफल गरेर २० गतेसम्म ३ जनाको पठाउने वा चाहना व्यक्त गर्ने सबैको पठाउने भन्ने विषयमा छलफल जारी रहेको स्रोतले जनाएको छ ।
बैठक निर्वाचन क्षेत्रीय कमिटी संयोजक तथा जिल्ला उपसचिव धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
