बागलुङ । पतञ्जलि योग समिति बागलुङ उपल्लाचौर साधना केन्द्र स्थापनाको एक वर्ष पुरा भएको छ । साधना केन्द्र भएको एक वर्ष पुरा भएको अवसरमा शुभकामना आदान प्रदानसँगै महिला समिति गठन गरिएको छ ।
साधना केन्द्रलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न अञ्जु विकको अध्यक्षतामा उपल्लाचौर महिला पञ्तञ्जलि योग समिति गठन गरिएको हो । समितिको महासचिवमा कमला मल्ल, सदस्यहरुमा इन्द्र कंडेल, विना कट्वालल, शान्ति घमाल, देवि कार्की, कोपिला सापकोटा, कमला कंडेल र गीता कंडेल रहनु भएको छ ।
नयाँ कार्यसमितिसँगै प्रथम स्थापना दिवसका अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ४ अध्यक्ष कुमार विक्रम क्षत्रीले मानिसको पहिलो प्रथामिकता स्वस्थ्य जीवन भएको बताउनु भएको छ ।
उहाँले लाखौँ खर्च गरेर पनि निको नभएका रोगहरु योग र ध्यानका माध्यमबाट निको पर्ने वैद्धिक परम्परागत विधि भएको भन्दै सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा नेपाल रेडक्रश सोसाइटी बागलुङका सभापती जगन्नाथ आचार्यले निरन्तरको योग साधनाले मानिसमा शारिरीक स्वस्थ्तासँगै मानसिक स्वास्थ्य र आत्मनुशासन समेत जाग्ने बताउनु भएको थियो ।
नव गठित महिला समितिलाई पतञ्जलि योग समिति गण्डकी प्रदेश सदस्य अमृत कंडेल र महिला पतञ्जलि योग समिति बागलुङका प्रभारी कल्पना श्रेष्ठले साधना केन्द्र सञ्चालनका लागि पतञ्जलिका विभिन्न विधिको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसीको अध्यक्षता, नव गठित समितिका अध्यक्ष अञ्जु विकको धन्यवाद मन्तव्य र संगठनका मिडिया प्रभारी सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
