बागलुङ । नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा मेजर तेज बहादुर खत्री सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको १५औँ साधारण सभाले खत्रिको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरि बहादुर कार्की, सचिव प्रेम बहादुर क्षेत्री, कोषाध्यक्षमा अगन बहादुर खड्का र सहसचिवमा भुमिकला थापा निर्वाचित हुनु भएको छ । यसैगरी संचालकमा प्रकाश प्रसाद शर्मा, तुलसी खड्का केसी, सरस्वती खड्का क्षेत्री र लाल बहादुर केसी निर्वाचित हुनु भएको छ ।
यसैगरी हेमराज गौतम संयोजक र कृष्ण बहादुर खड्का र तेज बहादुर केसी सदस्य रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको निर्वाचन समिति संयोजक तथा कानुनी सल्लाहकार रमेश बहादुर खड्काले जानकारी दिनुभयो ।
साधारण सभाको उद्घाटन गर्दै संस्थाका शेयर सदस्य नवप्रतिभा परोपकार बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम केसीले नवरत्न सहकारीले नामजस्तै काम पनि गरेको बताउनु भएको थियो ।
सहकारीका संस्थापक अध्यक्ष बल बहादुर खड्का, संस्थाका पुर्व अध्यक्ष हेमबहादुर खत्री, आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार दिल बहादुर कार्की, नवरत्न सहकारी संस्थाका कानुनी सल्लाहकार रमेश बहादुर खड्का, नवरत्न सहकारीका संचालक कविराज जिसी लगायतले शुभकाममना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा सचिव मेजर तेज बहादुर खत्रीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रेम बहादुर क्षेत्रीले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक हेमराज गौतमले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
