बागलुङ
नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टीका सबै तहको नेतृत्व र कार्यशैलीमा व्यापक रुपान्तरण र पुर्नगठनको माग गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनपछि गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरुको बिहीवार पोखरामा सम्पन्न अनौपचारिक वैठकले पार्टी रुपान्तरण र पुर्नगठन गर्नुको विकल्प नरहेको निष्कर्ष निकाले हो ।
पार्टीको सबै तहको पार्टी नेतृत्व र कार्यशैलीमा व्यापक रुपान्तरण र पुर्नगठन जरुरी देखियो, एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडिले भन्नुभयो,–‘त्यसका लागि हामी जिल्ला अध्यक्षहरु तयार छौ ।’ पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म परिस्थितिको वस्तुनिष्ठ समिक्षाको आवश्यकता देखियो, समिक्षाको शुरुवात यथासिघ्र माथिबाट गरौ, अध्यक्षहरुको वैठकको निष्कर्ष छ । एमालेका जिल्ला अध्यक्षहरुले देशभक्त तथा राष्ट्रवादी शक्तिहरुबीच आत्मालोचना सहित सम्वाद र सहकार्यको वातावरण बनाउन पहल गर्नु पर्नेमा जोड दिएका छन् ।
पार्टी, जनप्रतिनिधि र जनतासंगको अन्तरसम्बन्धको विषयमा गंभिर समिक्षा गरौ, नयाँ ढंगले अघि बढौ भन्ने सन्देश जिल्ला अध्यक्षहरुले दिएका छन् । जनताको भावना र सामाजिक आवश्यकतामा कन्द्रीत भएर कामको योजना निर्माण गरौ भन्दै एमालेका जिल्ला अध्यक्षहरुले पार्टीका सबै तहमा नेतृत्व र कार्यशैलीको रुपान्तरणमा जोड दिएका हुन् ।
बैठकमा ७ जिल्लाका अध्यक्षहरु सहभागिता तथा मनाङ बाहेकका जिल्लाका अध्यक्षहरुसंगको परामर्शमा नेतृत्व र कार्यशैली रुपान्तरणको निष्कर्ष निकालिएको पर्वतका अध्यक्ष पहाडिले जानकारी दिनुभयो ।