• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बागलुङ बजारको रेष्टुरेण्टमा म्याद सकिएको बदाम जुस

बागलुङ । बागलुङ बजारको एक रेष्टुरेण्टमा म्याद सकिएको बदाम जुस भेट्टिएको छ । सन् २०२५ को फ्रेबुअरी १४ मा बनेको उक्त जुसमा बनेको १२ महिनासम्म प्रयोग गर्न मिल्ने उल्लेख गरिएको छ ।

तर, रेष्टुरेण्टले करिब डेढ महिना म्याद सकिएको जुस विक्री गरेको पाइएको हो । उत्त जुस भेट्टीएको बाटिका रेष्टुरेण्डका सञ्चालक रोहित खड्काले खाद्य वस्तुको बट्टामा उल्लेख भएको मिति भन्दा तीन महिना पछिसम्म विक्री गर्न मिल्ने बताउनु भएको छ ।

तर, नेपालको कानुन अनुसार उत्पादकले तोकेको मितिभन्दा एक दिन पनि कटाएर खाद्य वस्तु विक्री वितरण गर्न नपाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सुमन लामिछानेले बताउनु भयो ।

उत्पादकले खाद्य बस्तुमा प्रयोग गर्ने मिल्ने मिति लेख्ने तरिका फरक फरक हुनसक्ने भएपनि अन्तिम मिति वा बेस्ट बिफोर लेखेभन्दा पछाडी प्रयोग गर्न नमिल्ने बताउनु भयो । उहाँले रेष्टुरेण्टमा भेटिएको म्याद गुज्रेको जुसको विषयमा अनुगमन गरिने बताउनु भयो ।