बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सोम शर्माले नेपाल टेलिकमकी कार्यकारी निर्देशक रिना डंगोललाई भेट्नु भएको छ ।
निर्वाचनका समयमा जनताको घरदैलो गर्दा बागलुङ–२ का टाकुरा र दुर्गम बस्तीमा मोबाईल नेटवर्क र इन्टरनेटको असुविधाका कारण आफुलाई सञ्चार गर्न कठिनाई भएको भन्दै वर्षाैदेखि सञ्चार र सूचनाको हकबाट बञ्चित त्यहाँका जनताको समस्या समधानका लागि पहल अगाडी बढाएको उहाँले बताउनु भएको छ ।
उहाँले कार्यकारी निर्देशक डंगोललाई ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद शर्माले आफ्नो आग्रहअनुसारको काम तत्काल अघि बढिसकेको जानकारी गराउनु भएको छ ।
