• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

भगत सर्वजित विश्वकर्माको १३२ औँ जन्म जयन्ती मनाइयो

बागलुङ । नेपालको दलित आन्दोलनको पहिलो व्यक्ति भगत सर्वजित विश्वकर्माको १३२औँ जन्मजयन्ती मनाइएको छ ।

भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको आयोजनामा बागलुङ नगरपालिका वडा नं ७ कालिमाती स्थित विश्वकर्मा माध्यमिक विद्यालयमा रहेको विश्कर्माको शालिकमा माल्यार्पण गरेर मनाइएको हो । बागलुङ नगरपालिका ७ का वडा अध्यक्ष मेघनाथ गैरेले माल्यार्पण गर्दै विश्वकर्माले गरेको दलित आन्दोलनको प्रशंसा गर्नुभयो । उहाँले दलितको हक अधिकारकोलागि वडाबाट भुमिका खेल्ने बताउनु भयो ।

भगत विश्वकर्मा प्रतिष्ठनका अध्यक्ष रामकृण्ण विश्वकर्माको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष्य होममान बिश्वकर्माको स्वागत मन्तव्य र महासचिव पशुराम विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानले हरेक वर्ष जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको महासचिव पशुराम विश्कर्माले जानकारी दिनुभयो ।

नेपाली दलित आन्दोलनको इतिहासमा भगत सर्वजित विश्वकर्मालाई पहिलो धरोहर मानिन्छ । राणा शासनकालमै जात व्यवस्था र छुवाछुतजस्ता कुरीतिविरुद्ध डटेर विरोध गर्नुभएको इतिहास छ । बागलुङ नगरपालिका–७ साबिकको मूलपानी गाविसमा वि सं १९५० सालमा जन्मिनुभएका विश्वकर्माको भारतमा निर्वासित जीवनको समयमा भारतमै वि सं २०१२ सालमा निधन भएको थियो ।