बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समूदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
