बार्सिलोना, स्पेन। गैर आवासीय नेपाली संघ (एनआरएनए)स्पेनले ‘नेपाल घर’ (मन्दिर) निर्माण अभियानसहित “स्पेन आध्यात्मिक महोत्सव” आयोजना गर्ने घोषणा गरेको छ ।
संघका अध्यक्ष सन्तोष श्रेष्ठ ले ‘नेपाल घर’ नेपाली समुदायको पहिचान र एकताको केन्द्र बन्ने बताउँदै संकलित रकम निर्माणमै प्रयोग गरिने जानकारी दिनुभयो । उहाँले स्पेनमा रहेका नेपाली समुदायका लागि ऐतिहासिक र दीर्घकालीन महत्वको पहल भएको उल्लेख गर्दै आध्यात्मिक महोत्सवको उद्देश्य, तयारी र समग्र योजना प्रस्तुत गर्दै संकलित सहयोग नेपाल घर निर्माणमा प्रयोग हुने जानकारी दिनुभयो ।
युवा व्यवसायी दिनेश गिरी ले महोत्सवले मानसिक तनाव व्यवस्थापन र नवआगन्तुकका लागि सकारात्मक अवसर सिर्जना गर्ने बताउनुभयो ।
प्रवक्ता रमेश खनाल का अनुसार महोत्सव अप्रिल ५ देखि सुरु हुनेछ, जहाँ दिनबन्धु पोखरेल द्वारा धार्मिक प्रवचनसहित विविध आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने छन् ।
महोत्सव आगामी अप्रिल ५ गतेदेखि सुरु हुने छ, प्रसिद्ध वाचक दिनबन्धु पोखरेल दैनिक रूपमा श्रीमद्भागवत बौद्धिक कथा, रामकथा, भक्ति, आध्यात्मिक जीवनदर्शन तथा मानव जीवनका नैतिक मूल्य र धर्मसम्बन्धी विषयमा प्रवचन दिनु हुनेछ ।
