• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

२५ औँ वार्षिकोत्सवमा कुमारी बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • २०८२ चैत्र १९, बिहीबार

पोखरा । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापना दिवसको २५औँ वार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरूको उत्साहजनक सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गरेको बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणाले जानकारी दिनुभयो।

बैंकले २५औँ स्थापना दिवसको अवसरमा देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको समेत जानकारी गराएको छ। पोखरामा सम्पन्न कार्यक्रम कुमारी बैंक गण्डकी प्रदेश कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।

यस्ता कार्यक्रमहरूले आपतकालीन अवस्थामा रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका २८६ शाखा सञ्जाल, ३१५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

साथै आगामी दिनमा अझ सरल, सुलभ र उत्कृष्ट सेवा प्रवाहका लागि विभिन्न सहकार्यहरू गर्दै जाने प्रतिबद्धता पनि बैंकले जनाएको छ।

  • २०८२ चैत्र १९, बिहीबार