• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको अध्यक्षमा संजय श्रेष्ठ

बागलुङ । लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको वर्ष २०२६/२०२७ का लागि अध्यक्षमा संजय श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।

क्लबले श्रेष्ठको नेतृत्वमा शनिबार नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा प्रकाश केसी, द्धितीय उपाध्यक्षमा सुवास आचार्य, तृतीय उपाध्यक्षमा ध्रुव खड्का, सचिवमा ज्ञान सिंह र कोषाध्यक्षमा कमल पन्त चयन हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष लखन थापा, डिष्ट्रिक कोडिनेटर अनुप रिजाल, डिपार्टमेन्ट चिफ नारायण प्रसाद आचार्य, जोन चियर पर्सन दुर्गा श्रीस, पूर्वअध्यक्षहरु दल थापा, श्याम प्रसाद शर्माले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सदस्यहरुको नेतृत्व विकासका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा क्रियाशिल लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको नेतृत्व चयन कार्यक्रम लायन्स क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष लखन थापाको अध्यक्षता र सचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।