• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

नगरका दुई उत्कृष्ट कर्मचारी पुरस्कृत

  • २०८३ जेष्ठ ६, बुधबार

बागलुङ । बागलुङ नगरपालिकाले चार वर्षै कार्यकाल पुरा गरेको अवसरमा दुई कर्मचारीलाई सम्मान गरिएको छ ।
नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, सुशासन प्रवद्र्धन तथा जनउत्तरदायित्वमा उल्लेखनीय भूमिका खेलेको भन्दै नगरपालिकाका अधिकृत छैठौ तहका दुई कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको छ ।

नगरपालिकाले सर्वोकृष्ट कर्मचारीमा प्रशासन शाखा प्रमुख भिमसेन पन्त र उत्कृष्ट कर्मचारीमा राजश्व शाखा प्रमुख सरस्वती देवि रेग्मी नगद सहित पुरस्कृत गरिएकोहो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का र प्रमुख प्रशासकीय अधिकृत ईश्वरी पौडेलले नगद र कदरपत्रले पुरस्कृत गर्नु भएको थियो ।

पन्तलाई नगद एक लाख र रेग्मीलाई नगद ७५ हजारले सम्मान गरिएको थियो । कर्मचारीको कार्यक्षमता बढाउन प्रोत्साहन गरिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले जानकारी दिनुभयो ।

  • २०८३ जेष्ठ ६, बुधबार